काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।
‘खासगरी बैठक विधान अधिवेशनको तयारीका लागि बोलाइएको हो,’ अधिकारीले भने, ‘समसामयिक विषयमा पनि छलफल हुन्छ।’ जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौंमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूची भएको उनले बताए।
त्यस्तै आजको बैठकमा जसपाको भागमा परेको मन्त्रालयमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनको भनाइ छ।
जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै, यी हुन् कार्यसूची
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

