आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एकरदुई स्थानमा भने आज दिउँसो मेघगर्जनचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशका तराईका केही स्थानमा सामान्य हावाहुरीको पनि सम्भावना छ। यस्तै राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। मौसमविद्का अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ।