प्रि-बजेटमाथि उठेका विषयहरुमा आज अर्थमन्त्रीले जवाफ दिने

सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा, प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रि-बजेटमाथि उठेका विषयहरुमा आज अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । आज (बुधवार) प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा, प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । अर्थमन्त्री डा. महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रतिनिधि सभामा प्रस्तुत गरेका थिए । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरूले उठाएका सवालको जवाफ भने मंगलवार नै दिइसकेका छन् । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।