भुटानी शरणार्थी ठगी प्रकरण : थप दुई जना पक्राउ

प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन् । केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ।

भुटानी शरणार्थी ठगी प्रकरण : थप दुई जना पक्राउ
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन् । केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ। योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ । यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। टोपबहादुर रायमाझी भने फरार छन्। मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको थियो। तर उनी फेला परेका छैनन्। उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ।