काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर पुगेको खुलेको छ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान जारी राखेका बेला खाणलाई पनि पक्राउ पुर्जी जारी गर्न प्रहरीमाथि दबाब परिरहेका बेला सोमबार साँझ खाण आफै बयानका लागि काठमाडौँ प्रहरी परिसर पुगेका हुन्।
प्रहरी स्रोतले भन्यो,‘पक्राउ परेका व्यक्तिले उहाँको नाम पोलेपछि सोधपुछका लागि बोलाएका थियौँ। सुरुमा उहाँले आउन आनकानी गरेपछि पक्राउ गर्छौँ भन्यौँ, त्यसपछि उहाँ आफै आउनुभएको हो।’ कांग्रेस स्रोतले पनि खाण पक्राउ पर्ने चेतावनीपछि परिसर पुगेको पुष्टि गरेको छ।
भुटानी शरणार्थी प्रकरण : पक्राउ गर्ने चेतावनीपछि आफैं पुगे पूर्वगृहमन्त्री खाण प्रहरी परिसर
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर पुगेको खुलेको छ।

