एमाले सचिवालय बैठक सुरू, टाेपबहादुरलाई कारबाही गर्ने तयारी !

वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

एमाले सचिवालय बैठक सुरू, टाेपबहादुरलाई कारबाही गर्ने तयारी !
फाइल तस्बिर काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।  मंगलबार अपराह्न ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो। वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । जारी बैठकमा सचिव टोपबहादुर रायमाझीका विषयमा पनि छलफल हुने भएको छ । एमालेका एक नेताका अनुसार अब बस्ने केन्द्रीय कमिटी बैठकले भुटानी शरणार्थी प्रकरणमा जोडिएका  रायमाझीलाई निलम्बन गर्ने तयारी छ । 'प्रश्न उठेपछि कानूनी रूपमा दोषी देखिनुअघि अनुसन्धानलाई सघाउन पनि उहाँलाई बैठक बसेपछि निलम्बन गर्ने तयारी छ', उनले भने ।