काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकणमा देशका ठूल्ठूला निकाय र नेताहरूको संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । मंगलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले प्रहरीले पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको आरोप लगाइन् ।
सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गरी त्यसको स्रोत खोज्न पनि उनले माग गरिन् । ‘यो सदन देश निर्माण गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरू संलग्न भएको कुरा बाहिर आइरहेको छ, उनले भनिन्, प्रहरीले पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ?
प्रहरीले पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजियाे आरोपी : तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकणमा देशका ठूल्ठूला निकाय र नेताहरूको संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

