नक्कली शरणार्थी प्रकरणमा ‘फाइल’ हैन, ‘फायर’ नै खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा अनुसान्धानका लागि ‘फाइल’ मात्र होइन ‘फायर’ नै खोल्नुपर्ने बताएका छन्।

नक्कली शरणार्थी प्रकरणमा ‘फाइल’ हैन, ‘फायर’ नै खोल्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा अनुसान्धानका लागि ‘फाइल’ मात्र होइन ‘फायर’ नै खोल्नुपर्ने बताएका छन्। आज मंगलबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा सांसद् शर्माले यस्तो बताएका हुन्। उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाउनेलाई निष्कर्षमा पुर्‍याउनुपर्छ। फाइल हैन, फायर खोल्नुपर्छ।’ यसका साथै उनले भ्रष्टाचार संलग्न जो कसैलाई पनि उन्मुक्ति दिनुनहुने बताएका हुन्। नक्कली शरणार्थी प्रकरणमा नेकपा एमाले सचिव टोपबहादुर रायमाझीको फरार रहेका छन् भने उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।