युवा पत्रकारिता पुरस्कारका लागि ४ जना पत्रकारको नाम छनोट

युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने युवा पत्रकारिता पुरकारका लागि चारजना पत्रकारको नाम छनोट गरेको छ ।

युवा पत्रकारिता पुरस्कारका लागि ४ जना पत्रकारको नाम छनोट
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने युवा पत्रकारिता पुरकारका लागि चारजना पत्रकारको नाम छनोट गरेको छ । छनोट हुनेमा अन्नपूर्ण पोष्ट दैनिक र बुटवल टुडे दैनिकमा कार्यरत प्यूठानका केशरबहादुर रोक्का, कान्तिपुर राष्ट्रिय दैनिक अछामका मेनुका ढुङ्गाना, नेपाल टेलिभिजन र हिमालय टाइम्समा कार्यरत बाजुराका प्रकाशबहादुर सिंह र अनलाइनखबर डटकमका पत्रकार दाङका विनोद घिमिरे रहेका छन् । मन्त्रालयले गत भदौ ९ गते प्रकाशित गरेको सूचनाका आधारमा असोज ८ गतेसम्म प्राप्त निवेदनको मूल्याङ्कन गरी चारजना पत्रकारको नाम छनोट गरेको सूचनामार्फत जानकारी दिएको छ ।