एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले पार्टी सचिवालय बैठक डाकेको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा बैठक बस्ने छ ।

एमालेले बोलायो  सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेले पार्टी सचिवालय बैठक डाकेको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा बैठक बस्ने छ । एमाले केन्द्रीय समिति बैठक बैशाख २८ देखि ३० गतेसम्म बस्न लागेको छ । त्यसअघि सचिवालय र कार्यालय बैठक बोलाइएको हो । यसअघि झापामा हुने भनिएको केन्द्रीय समिति बैठक नक्कली शरणार्थी काण्डमा सचिव टोपबहादुर रायमाझी मुछिएपछि पार्टी मुख्यालय,ललितपुरमा सारिएको थियो । रायमाझी गत बुधबार रातिदेखि बुटवलबाट फरार छन् ।