सन्दीप लामिछानेको शरिरमा रहेका ६ वटा लाइपोमाको सर्जरी

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो।

सन्दीप लामिछानेको शरिरमा रहेका ६ वटा लाइपोमाको सर्जरी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाहरूको सोमबार सर्जरी गरिएको छ। क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो। सन्दिपको मंगलबार डिस्चार्ज हुने बताइएको छ। उनका आगामी खेलहरूमा नियमित रूपमा फर्किने क्यानले जनाएको छ। उनको सर्जरी नेपाल नेसनल अस्पतालमा गरिएको हो । एक वर्षयता उनलाई दुखाइ बढेको थियो। पेनकिलर खाएर दुखाईको सामना गर्दै आएका सन्दीपको सोमबार शल्यक्रिया भएको हो।