प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मत सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
काठमाडौं ।संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मत सिफारिस गरेको हो । हाल कामु प्रधानन्यायाधीशका रुपमा रहेका कार्कीको अब संसदीय सुनुवाइ हुनेछ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । ​ चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उमेर हदका कारण उनको अवकाश भएपछि कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा छन्