बझाङमा हिमपहिरोमा परि बेपत्ता महिलाको शव भेटियो

बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

बझाङमा हिमपहिरोमा परि बेपत्ता महिलाको शव भेटियो
बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ । सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परि वैशाख १९ गते मङ्गलवारदेखि बेपत्ता भएकी थिईन । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा सङ्कलन गर्न गएको ९ गते उनी घरबाट गएकि थिईन । २र३ दिनदेखि लगातार पानी सँगै हिमपात भएपछि उनी घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता भएकि थिईन। उनको शव सोमवार मात्रै फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताए। यहाँका स्थानीय बासिन्दा र प्रहरीले उनको शव फेला पारेका बोहराले बताए । उनको शव अहिले घर ल्याउने काम भइरहेको छ ।