श्री एयरलाइन्सको जहाज रनवेमा रोकिएपछि भैरहवाबाट काठमाडौँ फर्कियो यती एयरको जहाज

विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।

श्री एयरलाइन्सको जहाज रनवेमा रोकिएपछि भैरहवाबाट काठमाडौँ फर्कियो यती एयरको जहाज
काठमाडौँ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो । आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा नै फर्किएको थियो । जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ ।