सिटी होटलको आईपीओ खुल्यो

होटेलले आफ्नो जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सिटी होटलको आईपीओ खुल्यो
काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको छ । होटेलले आफ्नो जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । सोमध्ये पहिलो चरणमा एक लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । होटेलको आईपीओमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागानुसार आवेदन नपरे जेठ ८ गतेसम्म आवन दिने मिति लम्बिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम दुई हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।