काठमाडौं । सरकारले १६ जना उपसचिवको सरुवा गरेको छ ।
आइतबार मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई विभिन्न पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले केही समय अघि उत्तीर्ण उपसचिवहरुको पदस्थापन गरेको हो ।

