भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्त नवीन रावलले गरे आत्मसमर्पण

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका नवीन रावलले अदालतमा आत्मसमर्पण गरेका छन् ।

भूपेन्द्र बडुवाल हत्या प्रकरण :  मुख्य अभियुक्त नवीन रावलले गरे आत्मसमर्पण
काठमाडाैँ। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका नवीन रावलले अदालतमा आत्मसमर्पण गरेका छन् । गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो । घटनापछि फरार रहेका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावल आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसमर्पण गरेको पुष्टि गरे । उनका अनुसार रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ । उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रावलसहितका ८ जना फरारको सूचीमा थिए । रावलले अदालतमा आत्मसमर्पण गरेपनि अन्य ७ जना भने अझै फरार छन् ।