प्रधानमन्त्रीलाई ओलीको प्रश्न-शरणार्थी प्रकरणमा छानबिन नगर्न तपाईंलाई कसले दबाब दियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणर्थी प्रकरणमा कसले छानबिन नगर्न दबाब दियो ? भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीलाई ओलीको प्रश्न-शरणार्थी प्रकरणमा छानबिन नगर्न तपाईंलाई कसले दबाब दियो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणर्थी प्रकरणमा कसले छानबिन नगर्न दबाब दियो ? भनेर प्रश्न गरेका छन् । शनिबार ओलीसँगको भेटपछि प्रचण्डले जसको दबाब आएपछि छानबिन गरेर दोषीलाई कारवाही गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति ओलीको आक्रोश पोखे । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उनैले हो कि रु कुरा उठाएर छानविन थालेकै उनले हो कि रु भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन् । तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिल्याऔं उनैको आविष्कार जस्तो गर्दैछन्। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’ उनले गत वर्षदेखि नै आफ्नो पार्टीको सांसदहरुले संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको दाबी गरे।