कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बीओपीका प्रमुख सई नरेन्द्र चैसिरमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
पोस्टनजिकै शुक्रवार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए। सशस्त्र प्रहरी माथि गाली गलौच गर्दै खुकुरी प्रहार गरेर फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।खुकुरी प्रहारबाट सई चैसिरको बायाँ पाखुरामा चोट लागेको छ।
कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ
कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् ।

