डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुहोस

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ।

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुहोस
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ। अमेरिकन डिभि शाखाले रिजल्ट सार्वजनिक भएको जानकारी गराएको छ। शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्ने शाखाले जनाएको छ। कसरी हेर्ने ? गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन्। यदि छनोट भएको खण्डमा उनीहरुले आगामी अक्टोबरदेखि अमेरिकाको भिसा पाउन थाल्नेछन्। डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो।dvprogram.state.gov यो लिंकमा गएर चेक गर्न सकिन्छ कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ। तर कन्फर्मेशन नम्बर हरायो भनेपनि चिन्ता गर्नु नपर्ने भएको छ। डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा अमेरिकी सरकारले दिएको छ। तर डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गरिएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ।