रुखको हाँगाले लागेर ४५ वर्षीय अनलि डगौराको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ नौखरीमा रुखको हाँगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ ।

रुखको हाँगाले लागेर ४५ वर्षीय अनलि डगौराको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ नौखरीमा रुखको हाँगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय अनलि डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो वैजनाथ सामुदायिक वनमा दाउरा संकलनका लागि गएका बेला रुखको हाँगा लागेर घाइते भएका डगौंराको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए । उनका अनुसार दाउरा खोज्न गएका ४/५ जनाको समूहले रुख काटिरहेका थिए । सोही रुखको हाँगा लागेर डगौंराको मृत्यु भएको हो ।