ललितपुरमा कुमारी पूजाको भव्यता

ललितपुरमा जीवित देवी कुमारीको पूजा गरिएको छ ।

ललितपुरमा कुमारी पूजाको भव्यता
ललितपुर । ललितपुरमा जीवित देवी कुमारीको पूजा गरिएको छ । काराओके इन्टरटेन्मेन्टले त्रिगुण प्रेसको सहयोगमा कुमारी पूजा कार्यक्रम आयोजना गरेको हो । समारोहमा ललितपुरकी कुमारी, आजीवन कुमारी तथा सम्पूर्ण पूर्व कुमारीहरुको पूजा गरिएको हो । राष्ट्रको हित तथा जनताको समृद्धिको कामना गर्दै गरिएको पूजा समारोहमा ललितपुरका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी जीवनारायण आचार्य, प्रहरी वरिष्ठ उपरिक्षक सिद्धीविक्रम शाहसहित वडा नम्बर १६ का अध्यक्षसहित भक्तजनको उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले राट्रको गरिमामय, राष्ट्ररक्षक, पर्यटन क्षेत्रलाई टेवा दिई धर्म–संस्कृतिको संरक्षण तथा व्यवस्थापनमा जिवित देवीहरुको प्रमुख भूमिका रहेको बताउँदै पाटनका पूर्व कुमारीहरुलाई मासिक भत्ताको व्यवस्था गरेर धार्मिक तथा सामाजिक कार्य गरि पूण्य प्राप्ति गर्न पाउनु अहोभाग्य भएको बताए । कुमारी पूजा गर्ने क्रममा ललितपुरका मेयरको प्रतिवद्धताको आयोजक संस्था काराओके इन्टरटेन्मेन्टले कदर गर्दै हर्षित भएको जनाएको छ ।