काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन ।
जिल्ला प्रहरी परिसर काठमााडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये सन्दीप रायमाझीले वयानका क्रममा दिपेशको नाम लिएका छन् ।
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘वादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईले पनि वयानका क्रममा दिपेशको नाम लिएका छन् । तर, घटनालाई पुष्टि गर्ने ठोस प्रमाण भने फेला परेको छैन ।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृत भन्छन– ‘दिपेश पुनको पनि नाम जोडिएर आएको छ । पक्राउ परेकामध्ये केहीले उनको नाम लिएका छन् । पक्राउ गर्न नाममात्रै लिएर हुँदैन । त्यसलाई ‘जस्टिफाइ’ गर्ने प्रमाण पनि चाहियो । हालसम्म त्यस्तो प्रमाण फेला परिसकेको छैन । यद्यपि अनुसन्धान जारी छ । प्रमाण भेटिएको खण्डमा तत्काल पक्राउ गर्नेछौं ।’
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व उपराष्ट्रपति पुनका छोरा दिपेश पनि मुछिए
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् ।

