काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
रास्वपाले १० पुसमा सरकार बनेदेखि नै सरकारलाई दिएको समर्थन कायम राखेको थियो । यस अघि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले फेरि पनि विश्वासको मत लिनुपर्ने भएको छ ।
६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका थिए । उपस्थित २६२ सांसदमध्ये प्रचण्डले १७२ मत पाएका थिए । विपक्षमा ८९ मत खसेको थियो ।
बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा प्रचण्डले सहजै बहुमत प्राप्त गरेका थिए ।
रास्वपाले समर्थन फिर्ता लिएपछि के प्रचण्डले फेरि विश्वासको मत लिनुपर्छ ?