मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले डा.मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले डा.मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका रिजाललाई देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । यसअघि देउवाले १४ औं महाधिवेशनमा पराजित भएका प्रकाशशरण महत, प्रदीप पौडेल, जीवनबहादुर शाहीलाई मनोनीत गरे पनि रिजाललाई गरेका थिएनन् ।