सिम्रिक हेलिकप्टर दुर्घटना अपडेट : ४ यात्रुमध्ये एकको अवस्था गम्भीर

संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टरमा पाइलटका अलावा ४ जना यात्रु समेत रहेको पाइएको छ ।

सिम्रिक हेलिकप्टर  दुर्घटना अपडेट :  ४ यात्रुमध्ये एकको अवस्था गम्भीर
संखुवासभा । संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टरमा पाइलटका अलावा ४ जना यात्रु समेत रहेको पाइएको छ । अरुण तेस्रोको सामान पुर्‍याएर फर्किँदै गरेको हेलिकप्टर शुक्रवार दिउँसो १:१८ बजे संखुवासभामा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल र ३ यात्रु सकुशल रहे पनि एकजना गम्भीर घाइते भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । भोटखोला गाउँपालिकाकी उपाध्यक्ष सहाना लामाले रातो रंगको हेलिकप्टर झरेको आफूहरूले प्रत्यक्ष देखेको बताइन् । घटनास्थलमा नेपाली सेनाको उद्धार टोली पुगिसकेको छ ।