काठमाडौं । कर्मचारीहरुले सिंहदरबारको प्रवेशद्वारमा घर्ना दिएका छन्। संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीहरुले सिंहदरबारको प्रवेशद्वारामा धर्ना दिएका हुन्।
निजामती ऐन जारी गर्न माग गर्दै यसअघि संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाइने बताएका थिए। तर सरकारले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारी संगठनहरुले आन्दोलन नगर्ने भनेका थिए। संगठनहरुले आन्दोलन नगर्ने भनेपनि कर्मचारीहरुले भने बिहीबार धर्ना दिएका हुन्।
सिंहदरबारको गेटमा कर्मचारीको धर्ना
कर्मचारीहरुले सिंहदरबारको प्रवेशद्वारमा घर्ना दिएका छन्।

