काठमााडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेसँगै निलम्बनमा परेका छन्। पाण्डेलाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएको थियो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पाण्डेमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। पाण्डे यसअघि गृहसचिव थिए।
निजामति सेवा ऐनमा नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको निजामति कर्मचारी त्यसरी थुनिएको अवधिभर स्वतस् निलम्बन भएको मानिनेु उल्लेख छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले सचिव पाण्डेलाई निलम्बन गर्ने प्रक्रियासमेत अघि बढिसकेको बताए। ‘पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा रहेपछि सो अवधिभर ऐनअनुसार स्वतस् निलम्बन हुन्छ,’ उनले भने।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे निलम्बनमा
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेसँगै निलम्बनमा परेका छन्।

