तनहुँ । तनहुँमा एक माल वाहक ट्रक घरमा पल्टिएको छ । ट्रक अनियन्त्रित भएर घरमा पल्टिदा तीन जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
आज बुधबार बिहान बन्दिपुर गाउँपालिका-५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिङतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको घरमा पल्टिएको हो ।
ट्रक स्थानीय सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किएको बताइएको छ । उक्त दुर्घटनामा उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ का वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् ।
घरमा ट्रक पल्टिदा तीन जनाको मृत्यु, पाँच जना घाइते
तनहुँमा एक माल वाहक ट्रक घरमा पल्टिएको छ । ट्रक अनियन्त्रित भएर घरमा पल्टिदा तीन जनाको मृत्यु भएको छ ।

