वैशाख २४ गतेदेखि बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले वैशाख २४ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

वैशाख २४ गतेदेखि बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले वैशाख २४ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछन् । वैशाख मसान्तभित्र पूर्व बजेट छलफल गरिसक्नु पर्ने भएकोले संसद सचिवालयले वैशाख २५ गतेदेखि अधिवेशन बोलाउन सरकारलाई सुझाव दिएको थियो । संसदमा सरकारको नीति तथा कार्यक्रम पेस हुनु अगावै वैशाख मसान्तभित्र ‘प्रिबजेट’ छलफल गर्नुपर्ने संसदको तालिका छ । पुस २५ गते शुरु भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन १५ गते शुक्रवार समापन भएको थियो । जेठ १५ गते आर्थिक वर्षको नयाँ बजेट ल्याउनु पूर्व संसदमा नीति तथा कार्यक्रम पेस गरेर पारित गर्नुपर्ने व्यवस्था छ ।