चितवनका पोल्ट्री व्यवसायी कँडेल मृत्यु प्रकरण : ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।

चितवनका पोल्ट्री व्यवसायी  कँडेल मृत्यु प्रकरण : ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी
चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् । मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार कँडेलले सुसाइड नोटमा नाम उल्लेख गरेका ६ जना विरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा किटानी जाहेरी दिइएको छ । अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल लगायतविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।