काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीबीच वैशाख ७ मा सीसीटिभी जडान गर्ने सम्झौता भयो ।
सम्झौताअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने भएको छ ।
महानगरले दिने बजेटबाट काठमाडौँमा १६० वटा सीसीटिभी जडान गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले बताए । प्रहरीले ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी गरिरहेको छ ।
अपराध गरेर भाग्ने आरोपी जताबाट पनि सीसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटिभी जडान गर्ने महानगरको योजना छ । ‘काठमाडौँमा ५ वटा चेक प्वाइन्ट बनाउने हाम्रो योजना छ’ एसएसपी श्रेष्ठले भने– ‘त्यस्ता चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्दैछौं ।’
काठमाडौँ उपत्यकाभर २ सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान गर्न प्रहरीलाई ५ करोड उलपब्ध गराउने निर्णय गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र १ सय ४५ वटा सीसीटिभी जडान गर्न लागिएको एसएसपी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘बुढानीलकण्ठ नगरपालिकाले दिएको रकमबाट १४५ वटा क्यामेरा जडान गर्ने गरी काम अघि बढेको छ ।’
भक्तपुरको सूर्य विनायक हुँदै कमलबिनायक–खरिपाटी क्षेत्रमा ५० वटा सीसीटीभी जडानको काम अघि बढेको छ । चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडामा १५ वटा सीसीटिभी जडान भैसकेको छ । सीसीटिभी जडान गर्न चाँगुनारायण नगरपालिकाले वडाहरूलाई बजेट दिएको छ ।
काठमाडौँ र भक्तपुरमा ३ सय ५५ वटा सीसीटिभी जडान गर्न लागिएको एसएसपी श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौँ उपत्यकामा ३ हजार ५२२ वटा सिसिटिभी छन् । उपत्यकाको धेरै ठाउँमा सीसीटिभी जडान गर्नुपर्ने एसएसपी श्रेष्ठले बताए ।
उपत्यकामा ३ सय ५५ वटा सीसीटिभी जडान गरिँदै
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीबीच वैशाख ७ मा सीसीटिभी जडान गर्ने सम्झौता भयो । सम्झौताअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने भएको छ । महा…

