सल्यान । विकास निर्माणको नाममा राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तोरन्नतिको काममा अवरोध सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर दैनिक १० घण्टा सडक बन्द गरेको हो ।
बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुनेछ ।
राप्ती राजमार्ग ८ दिनका लागि दैनिक १० घण्टा बन्द हुने
विकास निर्माणको नाममा राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

