बढ्यो सुनको मूल्य

लगातार घटिरहेको सुनको मूल्य आज बुधबार भने ह्वातै बढेको छ ।

बढ्यो सुनको मूल्य
काठमाडौँ । लगातार घटिरहेको सुनको मूल्य आज बुधबार भने ह्वातै बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक हजार ८ सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुन प्रतितोला एक लाख १० हजार पचास रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।