चितवनका पोल्ट्री व्यवसायी एवम् कांग्रेसका नेता शंकर मृत अबस्थामा फेला

नेपाली कांग्रेसका नेता एवम् तवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला परेका छन् ।

चितवनका पोल्ट्री व्यवसायी एवम् कांग्रेसका नेता शंकर मृत अबस्थामा फेला
चितवन । नेपाली कांग्रेसका नेता एवम् तवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला परेका छन् ।रतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र उनी मृत अबस्तामा फेला परेका हुन् । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल मृत भेटिएको स्थानमा नोटसमेत भेटिएको चितवनका प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेस चितवनको यसअघिको कार्यकालमा कोषाध्यक्ष भएका थिए । अहिले महासमिति सदस्य थिए ।सामाजिक व्यक्तित्वका रुपमा समेत जिल्लामा परिचित उनी पछिल्लो समय चितवनको पोल्ट्री क्षेत्रमा संकट आएसँगै उनले अनमोल फिड्स बेचेका थिए ।