काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ । गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ति प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो । जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना गरी ५६ जनाको माग गरेको हो । महानगरपालिकाका अनुसार १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।