काठमाडौं । एसीसी प्रीमियर कपको फाइनल खेलमा गुल्सन झाले आकर्षक ब्याटिङ गर्दा यूएईविरुद्ध नेपालले सम्हालिएको प्रदर्शन गरेको छ ।
२२ रनमा ३ विकेट गुमाएको अवस्थामा रहेको नेपाल अहिले १८ ओभरको खेल सकिँदा ६३ रनमा तीन विकेट गुमाएर खेलिरहेको छ ।
गुल्सन झाले ५२ बलमा चार छक्का र तीन चौकासहित ४४ रन बनाएर खेलिरहेका छन् भने उनलाई भिम सार्कीले ६ रन बनाएर साथ दिइरहेका छन् । गुल्सन र भिमबीच ४१ रनको साझेदारी भैसकेको छ ।
खेलको १८ औं ओभरमा नेपालले १६ रन बनाएको छ । यो इनिङकै यो सबैभन्दा धेरै रन बनेको ओभर हुन पुगेको छ । नेपालले यो खेल जित्नका लागि ३२ ओभरमा ५५ रन बनाउनु पर्ने छ ।
गुल्सनको आकर्षक ब्याटिङमा सम्हालिँदै नेपाल
एसीसी प्रीमियर कपको फाइनल खेलमा गुल्सन झाले आकर्षक ब्याटिङ गर्दा यूएईविरुद्ध नेपालले सम्हालिएको प्रदर्शन गरेको छ ।

