श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ
एजेन्सी । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका दानुष्का सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । दानुष्कालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे पक्राउ गरेको हो। महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ। ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरूले दानुष्कालाई सिड्नीमै छाडेर हिँडेको समाचारमा उल्लेख छ ।