एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११७ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका ओपनर आशिफ शेख १० बलमा आठ रन बनाएर आउट भए । उनलाई युएईका आयान खानले आउट गरेका हुन् ।
यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल आउट भएका थिए । आठ बल खेलेका उनी एक रन बनाएर आउट भएका थिए । रोहन मुस्तफाले भुर्तेललाई आउट गरेका थिए ।
नेपालले गुमायो दोस्रो विकेट
एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११७ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

