मोटरसाइकलको ठक्करबाट मलामीको मृत्यु

काभ्रेपलान्चोकको बनेपामा मोटरसाइकल ठक्करबाट मलामीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट मलामीको मृत्यु
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको बनेपामा मोटरसाइकल ठक्करबाट मलामीको मृत्यु भएको छ । बनेपा १३, भैंसेपाटीमा सडक पार गर्ने क्रममा राति २ बजे एक जना मलामीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । बा। ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयले बनेपाका अनुसार मलामीको मृत्युपछि अरनिको राजमार्गको साँगा–बनेपा सडक खण्ड ठप्प भएको छ । घाइते बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको जनाइएको छ ।