आरोपित सार्वजनिक भएपछि बडिगाडकी निरा आचार्यको गरियो अन्त्येष्टि

त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो । उनको वैशाख ७ गते दिउँसो आफ्नै पसल निरू किचेनभित्र हत्या भएको थियो।

आरोपित सार्वजनिक भएपछि बडिगाडकी निरा आचार्यको गरियो अन्त्येष्टि
काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा हत्या भएकी निरा आचार्यको अन्त्येष्टि गरिएको छ । प्रहरीले आइतबार हत्यामा संलग्नको आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो । उनको वैशाख ७ गते दिउँसो आफ्नै पसल निरू किचेनभित्र हत्या भएको थियो। सोमबार परिवारले शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका छन् । आरोपित विकले निराको हत्या गरेको स्वीकारिसकेका छन् । लुटपाटको योजनासहित गएका उनले लुट्नेक्रममा निराले प्रतिवाद गर्दा हत्या गरेको बताएका हुन् । निराको घर बागलुङ बडिगाड ५ भएपनि हाल काठमाडौंमा भाडा पसल गर्दै आएकी थिइन् ।