विनोद विश्वकर्मा, बुर्तिबाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ क्षेत्र नम्बर २ 'ख' ले राजनैतिक तथा वैचारिक प्रशिक्षण गरेको छ ।
सोमबार “टिप्पणी, सुझाव र संगठनका लागि नेता कार्यकर्ता र जनतासँग भेट गरौँ, विचार र नेतृत्वको आधारमा संगठित तागत निमार्ण र संमृद्धिमा जोड दिउँ ” भन्ने नाराका साथ माओवादी केन्द्रले बुर्तिबाङमा प्रशिक्षण गरेको हो ।
माओवादीलाई जनतामाझ लोकप्रिय र संगठन मजवुद बनाउने भन्दै निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले माओवादी अन्य पार्टी जस्तो भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । पार्टीले आधारभूत वर्ग र समुदायलाई विर्सिएका कारण अन्य पार्टी जस्तै भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले पार्टीलाई थप सुढृद्दीकरण गर्न आवश्यक भएको बताउँदै यसको सुरूवात बागलुङका ३ वटा पालिकाबाट गर्नुपर्ने प्रस्ताव राखे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निलबहादुर पुन, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङका सचिव चन्द्रबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र निसीखोला अध्यक्ष कुविर विश्वकर्मा, तमानखोला अध्यक्ष प्रेम रोका, ढोरपाटन नगर अध्यक्ष भिम गौतम पार्टीको अवस्थाका बारेमा रिर्पोटिङ प्रस्तुत गरेका थिए ।
प्रशिक्षण गण्डकी प्रदेश सदस्य प्रेम घर्तीको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका सदस्य हेमेन्द्र घर्तीको स्वागत र जिल्ला सदस्य नारायण सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
माओवादी केन्द्रले गर्यो बुर्तिबाङमा राजनैतिक तथा वैचारिक प्रशिक्षण
कार्यक्रममा नेकपा माओवादी केन्द्र निसीखोला अध्यक्ष कुविर विश्वकर्मा, तमानखोला अध्यक्ष प्रेम रोका, ढोरपाटन नगर अध्यक्ष भिम गौतम पार्टीको अवस्थाका बारेमा रिर्पोटिङ प्रस्तुत गरेका थिए ।

