पर्वत । पछिल्लो समय पर्वतमा नेपाली कांग्रेस पार्टी परित्याग गर्नेको संख्या बढ्न थालेको छ । पार्टीमा असन्तुष्ट जनाउँदै कांग्रेस परित्याग गर्नेको संख्या बढेको हो ।
सोमबार नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । १४औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका रसाईलीले सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।
‘यो परिस्थितिमा मेरो विगत, वर्तमान र भविष्य समेतको समीक्षा एवं मुल्यांकन गर्दा यहि क्रम र गतिले म कुनै पद र भुमिकामा रहिरहन औचित्य नरहेको निष्कर्षका साथ आजैको मितिबाट सचिवको जिम्मेवारी, पार्टीको क्रियाशील र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको अवगत गराउँदछु’, जारी विज्ञप्तिमा भनिएको छ ।
केही दिन पनि पर्वतका जिल्ला सभापतिका प्रत्याशीसहित ३१ कांग्रेसले पार्टी परित्याग गरेका थिए ।