भोलिको फाइनल खेल हेर्न टिकट काट्नु नपर्ने !

नेपाल क्रिकेट संघ क्यानले भोलिको खेल निःशुल्क हुने जनाएको छ । वर्षाका कारण स्थगित भएको नेपाल र युएईबीचको फाइनल खेल आज रोकिएकै ओभरबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ ।

भोलिको फाइनल खेल हेर्न टिकट काट्नु नपर्ने !
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको भोलि हुने फाइनलको बाँकी खेल हेर्नका लागि टिकट नलाग्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले भोलिको खेल निःशुल्क हुने जनाएको छ । वर्षाका कारण स्थगित भएको नेपाल र युएईबीचको फाइनल खेल आज रोकिएकै ओभरबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।