काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
वैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट उनी चितवन–२ बाट निर्वाचित भएका थिए । चुनाव जितेसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको थियो ।
नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उनी संसदीय दलको जिम्मेवारीबाट पनि मुक्त भएका थिए ।
रास्वपा संसदीय दलको सभापतिमा फेरि लामिछाने
वैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट उनी चितवन–२ बाट निर्वाचित भएका थिए । चुनाव जितेसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको थियो ।

