काठमाडौं । धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।
सोमबार अपरान्ह ४ बजे पुल भासिएर खाडल परेको जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवाल बताए । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो।
पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ। वर्षापछि पुलमा भ्वाङ परेको हो।
‘दुई पाङ्ग्रे सवारी आवतजावत गर्न सक्छ तर अहिले रोकेका छौं,’ उनले भने, ‘वर्षा रोकिएपछि दुई पाङ्ग्रे सवारी जान सम्भव हुन्छ।’ प्रहरीले वैकल्पिक बाटो खुलाउन स्थानीय तह र सडक विभागसँग पनि समन्वय गरिरहेको छ।
पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध