प्रधानमन्त्री प्रचण्डद्धारा मौलाकाली केवलकारको औपचारिक उद्घाटन

शिथिल अर्थतन्त्रलाई गतिदिन निजी क्षेत्रलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रधामन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डद्धारा मौलाकाली केवलकारको औपचारिक उद्घाटन
काठमाडौं । शिथिल अर्थतन्त्रलाई गतिदिन निजी क्षेत्रलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रधामन्त्रीले बताए । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए। तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उनले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने पनि प्रधानमन्त्री दाहालले बताए ।