रास्वपाको केन्द्रीय कमिटी बैठक सुरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।बैठक बसुन्धरास्थित घण्टीघरमा भर्खरै सुरू भएको हो । उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने नजाने विषयमा छलफल हुने बताइएको छ ।