प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन्।

प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री प्रचण्ड
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन्। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् । उनले भने,’चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।’ प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उनले बताए। उनले भने, ‘यो खेल सुरक्षित र साहसी खेल हो ।’ आफू पनि मौका मिलाएर यहाँ आएर खेल्ने उनले बताए।