काठमाडौँ । नेपाल र यूएईबीचको खेल पानी परेर फेरि रोकिएको छ। कीर्तिपूर क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले अहिलेसम्म ९विकेट हात पारेको छ। यूएईविरुद्धको खेलमा नेपालका ललितनारायण राजवंशीले लगातार दुई विकेट झारेर ब्याट्समेनलाई पभेलियन फर्काएका हुन्। उनले व्यक्तिगत तीन विकेट लिइसके।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले पनि दुई-दुई विकेट लिइसकेका छन्। त्यस्तै सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झाले एकएक विकेट लिएका छन्।
आजको फाइनल जितेमा नेपालले भारत र पाकिस्तान जस्ता क्रिकेटका महाहस्ति राष्ट्रसँग एसिया कपमा खेल्न पाउनेछ। यसअघि पनि खेल रोकिएको थियो। जारी खेलमा यूएईले ९ विकेट गुमाएर मात्र १०६ रनमात्र बनाएको छ।
पानी परेर फेरि रोकियो नेपाल र यूएईबीचको खेल
नेपाल र यूएईबीचको खेल पानी परेर फेरि रोकिएको छ।

